त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाहिर अचानक गोली चल्यो, एकजना घाईते

२८ जेष्ठ २०८०, आईतवार १२:५५

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर शम्भू मार्गमा गोली चलेको छ । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक (एसपी)चक्रराज जोशीले लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको जानकारी दिए ।प्रहरीको जवाफी कारबाहीमा एक लागूऔषध कारोबारी गोली लागेर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको उनले जनाए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*