घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
२९ जेष्ठ २०८०, सोमबार १०:४४

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर १ लाख १२ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।