बिनियोजन विधेयक विचार गरियो भन्ने प्रस्ताव पारित
२९ जेष्ठ २०८०, सोमबार २०:१२

काठमाडौं । प्रतिनिधि सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले पेश गरेको बिनियोजन विधेयक २०८० लाई विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. महतले विनियोजन विधेयक माथिको छलफल गर्न प्रस्ताव पेश गरेका हुन् । यसअघि बजेट बक्तव्यमाथि छलफल भएको थियो । अब बजेटका दफावार छलफल सुरु भएको छ ।
*सम्पादन गरिएको












