भैरहवा विमानस्थलमा अवतरण गर्यो मलेशियाबाट आएको जहाज

३० जेष्ठ २०८०, मंगलवार १०:५३

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज आज बिहान पहिलो पटक मलेसियाबाट भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । निगमको १ सय ५८ सिट क्षमता भएको ९ एन एकेएक्स कल साइन भएको न्यारोबडी जहाज आज बिहान ९ बजे भैरहवास्थित अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले सञ्चालन गर्ने मलेसिया भैरहवा काठमाडौं व्यावसायिक उडानको अन्तर्गत मलेसियाको क्वालालम्पुरबाट आएको ९ एन एकेएक्स विमानलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवामा स्वागत गरेका थिए ।

मलेसियाका पर्यटन व्यवसायीसहित आएको विमानलाई मन्त्री किराती तथा नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी एवं यश क्षेत्रका पर्यटन व्यवसायीहरूले स्वागत गरेका थिए ।

१० अर्ब रुपैयाँ लगानीमा बनेको मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*