घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
३१ जेष्ठ २०८०, बुधबार ११:०७

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा नौ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन छापावालाको सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर १ लाख १२ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।