हेटौंडामा अवैध सुनसहित एक युवक प्रहरीको नियन्त्रणमा

काठमाडौं । हेटौंडामा अवैध सुनसहित एक युवक प्रकाउ परेको छ। करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक युवकलाई प्रकाउ गरेको हो ।वीरगञ्जका २२ वर्षीय किसन साहलाई सुनसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा ५६१.३० ग्राम सुनसहित ती युवकलाई प्रकाउ गरेको जनाएको छ।प्रहरीका अनुसार प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बसमा सवार साहले जुत्ताको नोकभित्र उक्त परिमाणमा सुन लुकाएका थिए ।
वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ६९२ नम्बरको यात्रुबाहक बसको डिक्कीभित्र लुकाएर ल्याइएको अवस्थामा १०० थान साडी र ६०० थान सल बरामद गरिएको हो । प्रहरीका अनुसार करिब एक लाख ५ हजार रुपैयाँ बराबर मूल्यको कपडा बरामद गरिएको हो ।