लोक सेवा आयोगले खुलायो २२९ जनालाई रोजगारको अवसर, ८ कक्षा पासलाई समेत अवसर

३१ जेष्ठ २०८०, बुधबार १४:२६

काठमाडौं । नेपाल बन सेवाले रिक्त रहेका पदहरुमा श्रेणीविहीन पदहरुका लागी दरखास्त माग गरेको छ । लोक सेवा आयोगले आज एक सूचना प्रकाशित गर्दै ८ पास गरेकाले आवेदन दिन पाउने गरी २४७ कर्मचारी माग गरेको हो ।

आयोगका अनुसार न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । आवेदन असार १९ गतेसम्म दिन सकिने छ । दोब्बर दस्तुरमा भने असार २६ गतेसम्म आवेदन दिन सकिने आयोजले जनाएको छ ।

प्रत्येक विज्ञापनका लागि २ सय रुपैयाँ दरखास्त दस्तुर बुझाउनु पर्नेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि एक सय रुपैयाँ थप दस्तुर बुझाउनु पर्नेछ ।

आयोगको धनकुटा कार्यालयबाट ११ जना, खोटाङ कार्यालयबाट १७ जना, काठमाडौं कार्यालयबाट ३२ जना, हेटौंडा कार्यालयबाट ४५ जना, पोखरा कार्यालयबाट २ जना, बागलुङ कार्यालयबाट १३ जना, दाङ कार्यालयबाट ४४ जना, जुम्ला कार्यालयबाट २७ जना, दिपायल कार्यालयबाट ७ जना र महेन्द्रनगर कार्यालयबाट ३१ जनाका लागि रोजगारी खुलाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*