तोलामा कति रुपैयाँले घट्यो सुनचाँदीको मूल्य ?
३२ जेष्ठ २०८०, बिहीबार ११:०५

काठमाडौं । साता कारोबारको पाचौं दिन अर्थात बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा आठ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन छापावालाको सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।












