तोलामा कति रुपैयाँले बढ्यो सुनचाँदीको मूल्य ?
१ असार २०८०, शुक्रबार १०:४७

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा आठ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन छापावालाको सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।