सामुदायिक लघुवित्तको साधारणसभा असार २२ गते,लाभांश प्रस्ताव मुख्य एजेण्डा

१ असार २०८०, शुक्रबार १०:५१

काठमाडौं । सामुदायिक लघुवित्तले असार २२ गते साधारणसभा बोलाएको छ।कम्पनीले धुलिखेलको धुलिखेल लाज रिस्पोर्टमा सभा बोलाएको हो।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८÷७९ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७८ /७९ को लेखा परीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा /नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरण तथा अनुसूचीहरु छलफल गरी पारित गर्ने उजेण्डा रहेको छ।

संस्थाको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम मिति २०७९ आषाढ मसान्तको कुल चुक्ता पुँजीको ५ प्रतिशतका दरले हुने रकम रु. ६६,००,०००/– (अक्षरेपि छैसठ्ठी लाख मात्र) नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने भएको छ ।
वित्तीय संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक शेयरधनी तर्फको ४ जना र सर्वसाधारण शेयरधनी तर्फको २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*