नेपाली उत्पादनको ब्राण्डिङ गरी निर्यात प्रर्वद्धन गर्न चेम्बर अध्यक्ष मल्लको आग्रह

२ असार २०८०, शनिबार २१:११

काठमाडौं ।नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली बस्तुहरुको ब्राण्डिङ गरेर निर्यात प्रर्वद्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । उच्च व्यापार घाटा नियन्त्रणका लागि निर्यातयोग्य बस्तुहरुको पहिचान र अन्तराष्ट्रिय ब्राण्डिङको आवश्यक्तामा अध्यक्ष मल्लले जोड दिनुभयो ।

नवलपरासी चेम्बर अफ कमर्सको पहिलो साधारणसभालाई शनिवार उद्घाटन गर्दै अध्यक्ष मल्लले मुलुकमा निर्यात योग्य वस्तुहरुको अपार सम्भावना भएर पनि पहिचान गर्न नसकिएको बताउनुभयो । मुलुकमा वार्षिक १० खर्व हाराहारीमा निर्यात सम्भावना रहेको अध्यक्ष मल्लले बताउनुभयो ।

उहा“ले भन्नुभयो, ‘मुलुकमा प्रत्येक वर्ष बजेटकै हाराहारीमा व्यापार घाटा छ । स्वदेशमा भएका निर्यातयोग्य वस्तुहरुको पहिचान हुन सकेको छैन । निर्यात भईरहेका बस्तुहरुको पनि ब्राण्डिङ हुन सकेको छैन । चिया कफी जस्ता बस्तुहरुको आफ्नै लोगो हुन नसक्दा निर्यातमा अपेक्षित लाभ लिन सकिएको छैन, ।’

नेपाली बस्तुहरुको निर्यात सहजीकरणका लागि मुख्य मुख्य भन्सार नाकाहरुमा अन्तराष्ट्रियस्तरको क्वारेन्टिन ल्याव स्थापना गर्नुपर्नेमा उहा“ले जोड दिनुभयो ।
अर्को प्रसंगमा अध्यक्ष मल्लले करको दर भन्दा पनि दायरा बढाउन तर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । राजश्व ६० प्रतिशत हाराहारीमा मात्रै संकलन भएको भन्दै उहाँले चालु आर्थिक वर्षमा सरकारी श्रोत नै संकुचित हुन पुगेको बताउनुभयो । केही वस्तुहरुको आयात प्रतिवन्ध लाग्दा राजश्वमा गम्भिर असर परेकाले करको दायारालाई फराकिलो बनाउनुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

मुलुकको आर्थिक नीतिमा सवै दलहरु एकै ठाउ“मा उभिनुपर्नेमा अध्यक्ष मल्लले जोडदिनुभयो । बजेटलाई बितरणमुखी भन्दा पनि उत्पादनमुखी बनाउनुपर्नेा सवैदमा दलहरुको एउटै धारणा बन्नुपर्ने उहा“को भनाई छ ।
युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी राज्यको नीति बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*