आइतबार कतिमा हुदैछ सुनचाँदीको कारोबार ?

३ असार २०८०, आईतवार १०:४२

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर १ लाख १२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन (शुक्रबार) छापावालाको सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*