ह्वावे र आईसीटी फाउन्डेसन नेपालबीच सम्झौता

३ असार २०८०, आईतवार ११:३७

काठमाडौं । ह्वावे र आईसीटी फाउन्डेसन नेपालबीच ‘डिजिटल नेपाल कन्क्लेभ–२०२३’ आयोजनाका लागि सम्झौता भएको छ ।

डिजिटल रुपान्तरणको प्रयासस्वरूप आयोजना हुने कन्क्लेभमा सरोकारवाला, नीति निर्माता, डिजिटल उद्योगका अग्रणी व्यक्तिहरु एकैठाउँमा उपस्थित हुने छन् । उक्त सम्झौतामा शुक्रबार ह्वावे नेपालका सीईओ हवांङ जुन र आईसीटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले हस्ताक्षर गरेका हुन् ।

संस्थाका अनुसार डिजिटल नेपाल कन्क्लेभ यही असार ८ र ९ गते सोल्टी काठमाण्डौमा आयोजना हुनेछ । कन्क्लेभमा नेपालबाहेक दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेश, अमेरिकालगायतबाट प्रस्तुतिका लागि विज्ञहरुको उपस्थिति हुनेछ ।

‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’को नारासहित आयोजना हुने कन्क्लेभले डिजिटल रुपान्तरणका लागि नेपालको सक्षमता र यसका लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिने आयोजकले जानकारी दिएको छ ।

डिजिटल नेपाल कन्क्लेभको प्रि–इभेन्टको रुपमा फाउन्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो। यसवर्ष सातै प्रदेशको डिजिटल अवस्था समेटेर एक रिसर्च पुस्तिका पनि प्रकाशन हुने फाउन्डेसनले जनाएको छ। ‘डिजिटल नेपाल कन्क्लेभ’ डिजिटल नेपालको अभियानलाई सघाउ पुर्याउने गरी फाउन्डेसनले गत वर्षदेखि सुरु गरेको बृहत सम्मेलन हो ।

कन्क्लेभसँगै ह्वावेले मोबाइल नेपाल कंग्रेसको पनि आयोजना गर्दैछ। जहाँ फाईभजी, एआईलगायतका नयाँ प्रविधिहरुका बारेमा प्रदर्शनी अवलोकन गर्न र जानकारी लिन सकिनेछ। ह्वावे मोबाइल नेपाल सम्मेलन जुन विषय वस्तुमा केन्द्रित छ। त्यसैमा आधारित रहेर सम्मेलनले गिगाभर्स इनिसिएटिभ, अल्ट्रा–अटोमेसन स्पिड अप, सेवाका रुपमा इन्टिलिजेन्ट कम्प्युटिङ एन्ड नेटवर्क, भिन्न–भिन्न अपेक्षाकृत माग र वातावरण, सामाजिक तथा सुशासनका लागि आफ्नो मार्ग निर्देशिका तय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*