एशियन हाइड्रोपावरको कार्यालय स्थानान्तरण
३ असार २०८०, आईतवार ११:५२

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन भएको छ ।
कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नम्बर २ बाट ललितपुर जिल्लाको सोही महानगरपालिकाको वडा नम्बर ३ स्थानान्तरण भएको छ ।
कम्पनीको जेठ ३२ गतेका दिन सम्पन्न भएको चौथो वार्षिक साधारण सभाबाट पारित निर्णणले कार्यालय परिवर्तन गरेको हो ।












