फिनटेक सेन्टर नेपालले आयोजना गरेको डिजिटल बैंकिङ सम्बन्धी गोष्ठी सम्पन्न

काठमाडौं ।फिनटेक सेन्टर नेपालले आयोाजना गरेको डिजिटल बैंकिङ सम्बन्धि एकदिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कार्यकारीहरूको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
गत असार १ गते शुक्रबार आर्यन बुटिक होटल काठमाडौंमा डिजिटल बैंकिङ्ग सम्बन्धि वर्कशप कार्यशाला गोष्ठि सम्पन्न भएको फिनटेक सेन्टर नेपालका अध्यक्ष मिलनराज नेपालीले बताएका छन् ।उनले डिजिटल बैकिङ्ग रणनीति र अवसरबारे वृहत एकदिने सो डिजिटल बैकिङ्ग कार्यशाला नेपालमै पहिलो पटक आयोजना भएको उनले बताएका छन् ।
सो कार्यशालाका स्रोत व्यक्तिको रूपमा आईटी विज्ञ तथा डिजिटल इन्टरप्राइज आर्किटेक्ट विवेक राणा थिए । उनको कार्यपत्र प्रस्तुतिकरण अनुसार नेपालमा डिजिटल बैंकिङ्गमा कसरी सहज सरल र अझ विश्वसनीय ढंगले सुविधा प्रदान गर्न सकिन्छ भन्नेमा केन्द्रित थियो ।प्रथम सत्रमा डिजिटल बैंकिङ्ग ड्राइभर र डिजिटल इको सिस्टम इन नेपाल सम्बन्धी प्रस्तुतिकरण, दोस्रो सत्रमा डिजिटल स्ट्राटिजिज र डिजिटल बैकिङ्ग सम्बन्धी परिचय तथा अवधारणा प्रस्तुतिकरण, तेस्रो सत्रमा सेटिङ् अप डिजिटल बैकिङ्ग प्रस्तुतिकरण साथै डिजिटल बैकिङ सम्बन्धी केश स्टडिज र सहभागीहरुबाट प्रस्तुतिकरण रहेको थियो । सो एकदिने कार्यशाला बिहान ९ बजेदेखि दिउँसो ५ः३० बजेसम्म सञ्चालन भएको कम्पनीले जनाएको छ ।
अध्यक्ष नेपालीका अनुसार वर्कशपमा बैंक तथा वित्तीय संस्थाका कार्यकारी, विभाग प्रमुख, वरिष्ठ प्रबन्धक र डिजिटल बैंकिङमा चासो राख्ने भेन्डर तथा परामर्शदाताहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।