‘आइएमई पे’ मा आयो एअरलाइन्स टिकटमा क्यासब्याकको बहार

३ असार २०८०, आईतवार १६:४०

काठमाडौं । ‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमई पे मा ‘क्यासब्याकको वर्षा’ नामक अभियान सार्वजनिक गरेको छ ।

कम्पनीले यसै सन्दर्भमा, यो हप्ता असार ३ देखी आइएमई पे ले एअरलाइन्समा क्यासब्याकको वर्षा सुरु गर्दैछ । एक हप्ताको लागि चल्ने सो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजे देखी साँझको ६ बजेसम्म कुनैपनि एअरलाईन्सको टिकट काट्दा २०० क्यासब्याक पाउने आइएमइ पेले जनाएको छ ।

सो अन्तराल भित्रमा एअरलाईन्सको टिकट काट्नु हुने ग्राहकले प्रोमोकोडहरुको प्रयोग गरेर पाउने छुट सहित यो छुट पनि पाउने छन् । यो अफर असार ९ सम्मका लागि मात्र रहने आइएमईले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*