बीमा क्षेत्रको उपसूचकमा उछाल, आज कुन बीमा कम्पनीको शेयर मूल्य कतिमा बन्द भयो? (सूची सहित)

३ असार २०८०, आईतवार १७:५९

काठमाडौं । सेयर बजारमा दुई सातापछि पुनः आधा शतभन्दा बढीले बढेको छ ।  एक सातादेखि सकारात्मक रहेको शेयर बजार आज ५२ अंकले बढेर २०८४.३३ को बिन्दुमा कायम भएको छ ।

आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.१८ अंकले बढेर ३९०.५६ को विन्दुमा पुगेको छ ।कारोबार रकम पौने ५ अर्ब रुपैयाँ बढीको भएको छ । जीवन र निर्जिवन बीमा कम्पनीहरु पुँजी वृद्धि र वित्तिय रुपमा बलियो बन्ने संकेत देखेसँगै यो उपसूचकमा उकालो लागेको छ ।

अन्तरबैंक ब्याजदर घट्नु, कर्जाको ब्याजदर पनि घट्दै जानु, तरलता सहज हुँदै जानु, सीडी रेसियो पनि घट्दै जानु र अन्य क्षेत्रमा कर्जा प्रवाह नहुनुले बजार बढोत्तरी आएको शेयर बिश्लेषकहरु बताउछन् । आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एक कम्पनी मात्रै राताम्मे भएको छ।आज बीमा क्षेत्रको उपसूचकमा उत्साहजनक वृद्धि देखिएको छ। जीवन बीमा समूह सर्वाधिक ६.३८ प्रतिशतले उकालो लागेको छ ।

होटेल तथा पर्यटन समूह ६.१५ प्रतिशतले बढ्दा अन्य समूहमा ६ प्रतिशत, विकास बैंक समूहमा १.३५ प्रतिशत, वित्त समूहमा २.१२ प्रतिशत, जलविद्युत समूहमा ३.९७ प्रतिशत, लगानी समूहमा १.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.६४ प्रतिशत, लघुवित्त समूहमा २.७२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८३ प्रतिशत, निर्जीवन बीमा समूहमा ४.६८ प्रतिशत र व्यापार समूहमा ३.४३ प्रतिशतको बढोत्तरी भएको छ ।

जीवन बीमा कम्पनी

साता कारोबारको पहिलो दिन अर्थात आज प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।जीवन बीमा कम्पनीहरुको साताको पहिलो कारोबारमा आज लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को शेयरमूल्य सबैभन्दा बढी रहेको छ ।
कम्पनीको शेयर कारोबार भएको अघिल्लो दिनको तुलनामा आज शेयरमूल्य ९७ रुपैयाँले बढेर १ हजार ६१९ रुपैयाँमा शेयर किनबेच भएको छ ।

दोस्रोमो नेपाल लाइफको शेयर मूल्य ६२ रुपैयाँले बढेर ७९० रुपैयाँमा कारोबार भएको छ ।

तेस्रोमा एशियन लाइफको ३३.८० रुपैयाँले बढेर ६९८.७० रुपैयाँमा शेयर कारोबार भएको छ ।

त्यस्तै, नेशनल लाइफको शेयर कारोबार ४१ रुपैयाँले बढेर ६६५ रुपैयाँ, प्रभु लाइफको ५१.५० रुपैयाँले बढेर ५६६ रुपैयाँ, सूूर्यज्योति लाइफको ४३.९० रुपैयाँले बढेर ५८८.९० रुपैयाँ र सानिमा रिलायन्स लाइफको ३१ रुपैयाँले बढेर ५६० रुपैयाँमा शेयर किनबेच भएको छ ।

निर्जीवन बीमा कम्पनी
साता कारोबारको पहिलो दिन नेपाल इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।आज शेयर बजारमा कारोबार भएका निर्जीवन बीमा कम्पनीहरु मध्ये सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य सर्वाधिक रुपैयाँले बढेको छ । कम्पनीको शेयर कारोबार २८५ रुपैयाँले बढेर १५ हजार ८६० रुपैयाँमा कारोबार भएको छ ।

दोस्रो नम्बरमा नेको इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक रहेको छ । आज कम्पनीको शेयर कारोबार ३२ रुपैयाँले बढेर ९१२ रुपैयामा भएको छ ।

तेस्रो नम्बरमा शिखर इन्स्योरेन्सको शेयर कारोबार ३६ रुपैयाँले बढेर ८५१ रुपैयाँमा भएको छ ।

यसका साथै, एनएलजि इन्स्योरेन्सको ८३० रुपैयाँ, प्रभु इन्स्योरेन्सको ६५५ रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको ५९९ रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५९० रुपैयाँमा शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*