मेरो शेयरको पोर्टफोलियोमा देखियो समस्या, यस्तो छ कारण

४ असार २०८०, सोमबार ११:४२

काठमाडौं। मेरो शेयरको पोर्टफोलियोमा समस्या देखिएको छ । सीडिएस एण्ड क्लियरिङको मेरो शेयर पोर्टफोलियो फिचरमा नयाँ बजार मूल्य आधारमा मूल्य परिमार्जन नहुने समस्या आएको हो । नेप्सेको पाईसिङमा समस्या आएको कारण यस्तो देखिएको सिडिएसले जनाएको छ।

बजारको सूचक बढेसँगै आफ्नो लगानी कति बढ्यो भनेर हेर्दा पोर्टफोलियोमा कुनै घट्बढ् नभएर पुरानै मूल्य देखिएको थियो । आईतबारको नेप्स्से परिसूचक ५२.२६ बढ्दा समेत मेरो शेयर पोर्टफोलियो नबढ्दा लगानीकर्ताहरु निराश छन । मेरो शेयरमा सोमवार पनि समस्या देखिएको छ ।

आईपिओ भर्ने, इडिआईएस सबै कामहरु भएको उनको दाबी छ । तर पोर्टफोलियो बजार मूल्य अपडेट भएको छैन् । त्यो सिडिएसस एण्ड क्लियरिङको सिस्टममा भन्दा पनि नेप्सेको सिस्टममा समस्या हुँदा अपडेट नभएको आचार्यले प्रष्ट पारे । नेप्सेको सिस्टममा समस्या हल भए पछि मेरो शेयर पोर्टफोलियो चल्ने सिडिएस एण्ड केल्रिङले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*