इसेवा र लुलु मनीबीच रेमिट्यान्स भुक्तानी सम्झौता, अब इसेवाबाट सजिलै पैसा पठाउन सकिने

४ असार २०८०, सोमबार १६:३२

काठमाडौं । ईसेवा मनि ट्रान्सफर र लुलु मनीबीच रेमिट्यान्स भुक्तानी सम्झौता भई ईसेवाको रेमिट्यान्स सेवा सिंगापुरको लुलु मनीबाट पनि सुरु भएको छ ।

स्थापना भएको तीन बर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा ठूलो फड्को मारेको ईसेवा मनि ट्रान्सफर परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै अघि बढीरहेको छ ।

सम्झौता पत्रमा ईसेवाले मनी ट्रान्सफरको तर्फबाट निर्देशक डेनियल डी श्रेष्ठ र लुलु मनीको तर्फबाट, लुलु फाइनान्सियल होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत रिर्चड एम बासनले हस्ताक्षर गरेका हुन । यस सम्झौताले रेमिट्यान्स सेवाहरुमा पहुँच र दक्षता अभिबृद्धि गर्ने लक्ष्य राखेको छ ।

यो सम्झौतासँगै बिदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले लुलु मनीको शाखामा गइ वा वेबसाइट र मोबाइल एप प्रयोग गरेर नेपालमा ईसेवा मनि ट्रान्सफर मार्फत पैसा पठाउन सक्ने छन् ।

लुलु मनीबाट पठाएको रेमिट्यान्स ईसेवा मनी ट्रान्सफरका १३ हजार आठ सय भन्दा बढी भुक्तानी केन्द्र तथा ईसेवाका एक लाख भन्दा बढी क्यास प्वायन्ट, बैैंक तथा वित्तिय संस्थाहरु साथै ईसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिन्छ । र पठाएको नगद सोझै ईसेवा वालेटमा प्राप्त गरि अतिरिक्त रु. ७७ बोनस समेत प्राप्त गर्न सकिने जानकारी ईसेवाले दिएको छ ।

ईसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यबाट ईसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ । ईसेवा मनी ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्ना १३ हजार आठ सय भन्दा बढी भुक्तानी केन्द्र तथा ईसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरिका एक करोड ६० लाख भन्दा बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*