बाढीले दर्जनौं विद्युत आयोजनामा क्षति

काठमाडौं । पूर्वी नेपालमा आएको बाढीका कारण १३ जलविद्युत् आयोजनामा क्षति र श्रमिककको निधनसमेत भएको छ ।
कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा निर्माणाधीन तथा निर्माण सम्पन्न भएका १५० मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजनामा अपूरणीय क्षति पुराएको इप्पानले जनाएको छ।
बाढीले सङ्खुवासभामा हेवा खोला, पिलुवा खोला र सवा नदी बेसिनमा बनेका, अप्पर हेवा खोला ८.५ मेगावाट, हेवा खोला ४.५ मेगावाट, सुपर हेवा खोला पाँच मेगावाट, अप्पर पिलुवा खोला चार मेगावाट, डाउन पिलुवा ९.९ मेगावाट, पिलुवा खोला पाँच मेगावाट र सवा खोला चार मेगावाटलगायतका आयोजनामा क्षति पुर्याएको इप्पानले जनाएको छ ।
इप्पानका अनुसार आयोजनामा आबद्ध चार श्रमिकको निधन भएको छ ।सुपर हेवा खोलामा कार्यरत १८ जना मजदुर र कर्मचारी बेपत्ता भएको जनाइएको छ । त्यसै गरी ताप्लेजुङ र पाँचथरमा इङ्गुवा, इवा, कावेली र हेवा खोला नदी बेसिनमा बनेका आयोजनाहरु इङ्गुवा खोेला १० मेगावाट, इवा खोला १० मेगावाट, काबेली बी १२५ मेगावाट , काबेली बी एक क्यासकेड १० मेगावाट, हेवा खोला ए १५ मेगावाट, हेवा खोला पाँच मेगावाट, लोअर हेवा खोला २२ मेगावाटका आयोजनामा बाढीले क्षति पुर्याएको इप्पानले जनाएको छ ।












