पिपुल्स हाइड्रोपावरद्वारा दुई जना संचालक नियुक्त
५ असार २०८०, मंगलवार १०:११

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले थप दुई जना संचालक नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारण समूहको तर्फबाट रामशरण अधिकारी र केशव प्रसाद भण्डारीलाई संचालकमा नियुक्त गरेको छ ।
कम्पनीको असार ४ गते सम्पन्न भएको १५औं वार्षिक साधारण सभाले अधिकारी र भण्डारीलाई सर्वसाधारण समूहको तर्फबाट संचालकमा नियुक्त गरेको हो ।