मेन्छियाम हाईड्रोपावरको बिद्युत उत्पादन र आपुर्तिको कार्य बन्द, यस्तो छ कारण

५ असार २०८०, मंगलवार १४:५६

काठमाडौं। बाढीले भौतिक संरचना क्षतिग्रस्त भएपछि मन्छियाम हाइड्रोपावरको विद्युत उत्पादन र आपूर्ति बन्द भएको छ।

हाईड्रोपावरले संखुवासभा जिल्लाको पिलुवाखोलामा निर्माण गरी राष्ट्रिय प्रशारण लाईनमा जोडेर संचालनमा ल्याएको माथिल्लो पिलुवाखोला २ जलबिद्युत आयोजना (४.७२ मे.वा) पुर्ण क्षमतामा संचालनमा रही आएको छ ।

असार २ गते शनिबार राती अन्दाजी ९.३० बजे पुर्वी पहाडी क्षेत्रमा परेको अबिरल बर्षाका कारण पिलुवाखोलामा आएको भिषण बाढीले यस जलबिद्युत आयोजनाको मुख्य संरचनाहरु पावरहाउस, हेडवक्र्स, स्वीचयार्ड, ट्रान्सफरमर, अप्रोच क्यानल, टर्बाइन, जेनेरेटर, कन्ट्रोल प्यानल, डिजी जेनेरेटर सेट लगायतका महत्वपुर्ण सबै संरचनाहरु बगाउँने, भत्काउँने, तथा ठूला ठूला ढुङ्गाहरुले लागी क्षतबिक्षत भएको र पुर्ण रुपमा क्षती भएको अवस्था रहेको छ ।

अतः उल्लेखित सम्पुर्ण संरचनाहरुको पुर्ननिर्माण नहुन्जेल सम्म बिद्युत उत्पादन र आपुर्तिको कार्य हुन नसक्ने जानकारी दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*