सरकारको सम्पूर्ण वेबसाइट डाउन
५ असार २०८०, मंगलवार २१:३२

काठमाडौं । नेपाल सरकारका सम्पूर्ण वेबसाइट डाउन भएका छन् । आज बेलुकादेखि डट जीओभी डट एनपी डोमेन भएका सरकारी वेबसाइट एक्कासी खुल्न छोडेका हुन् ।
सिंहदरबारभित्र रहेको नेपाल विद्युत प्राधिकरणको ट्रान्सफर्मर बिस्फोट भएपछि सरकारको एकीकृत डेटा सेन्टर लगायतको सिस्टम डाउन हुन पुगेको हो ।आज दिउँसो १ बजेतिर ठूलो आवाजसहित ट्रान्सफर्मर पड्केपछि जेनेरेटरको सहयोगमा डेटा सेन्टर तथा सर्भरहरूमा समस्या देखिएको हो ।
जेनेरेटर समेत लामो समय सञ्चालन गर्दा जल्ने जोखिम बढेपछि बन्द गरिएको छ ।