समृद्धि फाइनान्सको औरही शाखा उद्घाटन, सेवाग्राहीलाई थप सहज

६ असार २०८०, बुधबार १३:०४

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्नो महोत्तरीको औरहीमा रहेको दसौं शाखा कार्यालयको उद्घाटन गरेको छ । औरही नगरपालिकाका मेयर प्रदीपकुमार खडका र समृद्धि फाइनान्सका सञ्चालक दुर्गा थापाले आज संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा औरही नगरपालिका–१ का वडाध्यक्ष योगी चौधरी, औरही उद्योग वाणिज्य संघका प्रमूख श्रवण चौधरी र औरही नगरपालिकाको मेयर प्रदीपकुमार खडकालगायतले बैकको आवश्यकता र महत्वको विषयमा आफ्नो धारण राख्दै संस्थाको प्रगतिको शुभकामना दिए । संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले संस्थाको परिचयका साथै सस्थाले उपलब्ध गराउने सेवासुविधाका बारे प्रकाश पारेका थिए ।

नयाँ शाखासहित देशभरि फाइनान्सको शाखा सञ्जाल १० वटा पुगेको छ । संस्थाले यसै हप्ता थप २ नयाँ शाखाहरु उद्घाटन गर्ने योजना रहेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*