ग्रीन भेन्चर्सको वार्षिक साधारणसभा असार २९ मा, यस्ता छन् प्रस्ताव

७ असार २०८०, बिहीबार १०:२२

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको निर्णयले सभा यहि असार २९ गते काठमाण्डौको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा बोलाएको हो । सभा विहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने छ ।

साथै, सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालक समितिको निर्वाचन गर्नेछ । सभाले १ जना स्वतन्त्र सञ्चालक नियुक्ति पनि गर्नेछ ।

सञ्चालकको कार्यकाल ४ वर्षको राख्नका लागि नियमावलीका नियमहरुमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ ।

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनको लागि असार १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असार १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*