लगातार तेस्रो दिनसम्म घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

८ असार २०८०, शुक्रबार ११:००

काठमाडौं । साता कारोबारको अन्तिम दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन छापावालाको सुनको मूल्य तोलाको १ लाख १० हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*