लक्ष्यभन्दा बढी राजस्व संकलन

९ असार २०८०, शनिबार १९:३५

काठमाडौं । आर्थिक मन्दीका कारण क्षेत्रमा लक्ष्य अनुसार राजस्व सङ्कलनमा कठिनाइ भइरहेको अवस्थामा दाङको कोइलाबास भन्सार कार्यालयले जेठ मसान्तसम्ममा लक्ष्यको चार सय प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।

कोइलाबास भन्सार कार्यालय चालु आर्थिक बर्षको ११ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको कोइलाबास भन्सार कार्यालयका भन्सार सङ्केत निरीक्षक वसन्त रजौरेले जानकारी दिएका छन् ।
उनले भने सङ्कलन भएको राजस्व कार्यालयको लक्ष्यभन्दा चार सय प्रतिशतले बढी हो । यो राम्रो सङ्केत पनि हो । आव सकिन करिब एक महिना बाँकी रहेकाले राजस्व अझै बढ्ने प्रतिक्रिया उनले दिए ।
कार्यालयले साउन महिनामा तीन लाख ७९ हजार ३८७ रुपियाँ, भदौ महिनामा पाँच लाख ९० हजार १९१ रपियाँ, असोज महिनामा तीन लाख ७० हजार ७०६ रुपियाँ, कात्तिक महिनामा छ लाख ३२ हजार २५४ रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।

मङ्सिर महिनामा चार लाख ७३ हजार ८५९ रुपियाँ, पुस महिनामा १५ लाख २९ हजार तीन रुपियाँ, माघ महिनामा छ लाख ६७ हजार १६८ रुपियाँ, फागुन महिनमा छ लाख ९६ हजार १३० रुपियाँ चैतमा पाँच लाख ६३ हजार ७१८ रुपियाँ, वैशाख महिनामा नौ लाख १७ हजार ७७८ रुपियाँ र जेठमा १५ लाख २६ हजार २५२ रुपियाँ राजस्व सङ्कलन भएको निरीक्षक रजौरेले जानकारी दिएका छन् । पुस र जेठ महिनामा अन्य महिनाको तुलनामा बढी राजस्व सङ्कलन भएको उनी बताउछन ।

कोइलाबास नाका सञ्चालनमा आएपछि राजस्वसमेत वृद्धि हुँदै आएको छ । नाका खुलेपछि सामग्री आयात निर्यात, नागरिक तथा सवारीसाधनको आवागमनमा वृद्धि भएसँगै राजस्वमा पनि वृद्धि भएको कार्यालयले जनाएको छ ।

कोइलाबास भन्सार कार्यालयमा नेपाल भित्रिने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट लिने राजस्व धेरै लाग्ने गरेको निरीक्षक रजौरे बताउछन् ।

कोइलाबास नाकाबाट धार्मिक पर्यटन धेरै आउने गरेका छन् । कोइलाबासस्थित रामजानकी मन्दिरसँगै प्युठानको स्वर्गद्वारी मन्दिरमा जाने धेरै भारतीय पर्यटक यही बाटो भएर आउने गरेका छन् ।
लामो समयसम्म बन्द रहेको कोइलाबास चार बर्षअघि मात्रै पुनः सञ्चालनमा ल्याइएको थियो । नाका सञ्चालनमा आएर नेपालका तर्फबाट भन्सार भए पनि भारतले कस्टम नगर्दा नाका सञ्चालन हुन सकेको थिएन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*