बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

१० असार २०८०, आईतवार १०:५६

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवार सूनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलाको १ लाख १० हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन (शुक्रबार) छापावालाको सुनको मूल्य तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*