काठमाडौं महानगरपालिकाले ल्यायो आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज आगामी आर्थिक वर्ष २०८०।८१ को लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ । आइतबार आयोजित १३औं नगर सभामा उपप्रमुख सुनिता डंगोलले सो बजेट प्रस्तुत गरेकी हुन् ।
काठमाडौं महानगरपालिकाले विनियोजित बजेटमध्ये चालु चालुतर्फ ८ अर्ब ६१ करोड ५४ लाख २८ हजार रुपैयाँ र पुँजिगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ छुट्याइएको छ ।
महानगरपालिकाले १० विषयगत क्षेत्रका महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै महानगर स्वर्णिम योजना अन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाका लागि २ अर्ब विनियोजन गरिएको छ ।
आवको तुलनामा आगामी आवमा झण्डै १३ करोड धेरैको बजेट प्रस्तुत गरेको छ । चालुआवमा महानगरको बजेट २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजाररुपैयाँको थियो ।












