ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको अनलाइनमार्फत आधिकारिक जानकारी लिन सकिने

५ श्रावण २०८०, शुक्रबार १७:१८

काठमाण्डौ । सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको अनलाइनमार्फत आधिकारिक जानकारी लिन सकिने सुविधाको सुरुआत गरेको छ ।

सानिमा बैंकद्वारा जारी गरिएका ब्यालेन्स सर्टिफिकेटको आधिकारिकता उक्त ब्यालेन्स सर्टिफिकेटमा उल्लेखित क्यूआर कोड स्क्यान गरेर तथा बैंकको आधिकारिक वेबसाइटमार्फत लिन सकिने बैकले जनाएको छ ।

यसैगरी बैंकले गुड फर पेमेन्ट चेकको अनलाइनबाट आधिकारिकताको जानकारी लिन सकिने सुविधाको व्यवस्था गरेको छ। यसअन्तर्गत गुड फर पेमेन्ट चेकको आधिकारिकता बैंकको आधिकारिक वेबसाइटमार्फत लिन सकिने भएको छ ।

यस सुविधाको सुरुआतसँगै नक्कली ब्यालेन्स सर्टिफिकेट र नक्कली गुड फर पेमेन्ट चेकहरुबाट ग्राहकलाई सुरक्षित राख्न मद्दत पुग्ने बैंकले विश्वास गरेको छ ।

सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालय र १२२ वटा एटीएम सञ्जाल रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*