बैंकहरुको आधारदरमा राष्ट्र बैंकको खुकुलो नीति, बेसरेट भन्दा कम कर्जा दिन पाउने व्यवस्था लागु

राष्ट्र बैंकले आधारदर सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । राष्ट्र बैंकले यसअघि मौद्रिक नीतिमार्फत सार्वजनिक गरेको आधारदर सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न आज एकीकृत निर्देशिका जारी गरेको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०७९ मा संशोधन, परिमार्जन तथा थप व्यवस्था गर्दै बैंकहरूले बेसरेटभन्दा कममा कर्जा दिन पाउने व्यवस्था गरेको हो।
केन्द्रिय बैंकको नयाँ व्यवस्थाले विभिन्न कम्पनीहरूले जलवायु कोष (क्लाइमेट फन्ड) को ठूलो रकम नेपाल ल्याउन बाटो खुला भएको छ। आधारदर भन्दा तल झरेर कर्जा दिन नपाउने व्यवस्थाका कारण फन्डमार्फत नेपाल आउन लागेको ठूलो रकम रोकिएको थियो। अब पुन पुरानै व्यवस्था सुचारु हुने भएको छ।
कुनै पनि कर्जा पछिल्लो तीन महिनाको औसत आधारदर भन्दा कम ब्याजदरमा प्रवाह गर्न नपाइने व्यवस्था एकीकृत निर्देशिका मार्फत ल्याएको छ। एकीकृत निर्देशिकामा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहले आफनो कार्यक्रम अन्तर्गतको वा कुनै दातृ निकायबाट प्राप्त सहुलीयत दरको सहायता एवं अनुदान रकमलाई बैंक तथा वित्तिय संस्थामार्फत तोकिएको क्षेत्र एवं वर्गमा ऋण परिचालन हुने गरी संचालन गरेको कार्यक्रम अन्तर्गको कर्जा औषत आधारदर भन्दा कम ब्याजदरमा प्रवाह गर्न यस व्यवस्थाले नरोक्ने जनाएको छ।