यो साताको फाइनान्स कम्पनीहरुको शेयर अवस्था कस्तो रह्यो ? (शेयर मूल्य सहित)

१३ श्रावण २०८०, शनिबार १२:२३

काठमाडौं । निरन्तर रुपमा घटिरहेको शेयर बजार साता कारोबारको अन्तिम दिनमा पनि २९ अंकले घटेको छ । सोही दिन फाइनान्स उपसूचक पनि २।२३ अंकले घटेको हो ।
शुक्रबार फाइनान्स सेक्टरबाट कारोबार भएका जम्मा १५ कम्पनी मध्य मल्टिपर्पोस फाइनान्सको शेयरमूल्य ०।२० प्रतिशतले बढ्या भने बाँकीका १४ वटै कम्पनीको शेयरमूल्य घटेको छ । जसमध्ये सर्वाधिक बढी आईसीएफसी फाइनान्सको ३।०७ र सर्वाधिक कम सेन्ट्रल फाइनान्सको ०।७९ प्रतिशतले घटेको छ ।

उक्त दिन गुर्खास फाइनान्सको शेयरमूल्य सर्वाधिक ५३५ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै मन्जुश्री फाइनान्सको ५२५।५० रुपैयाँमा शेयर कारोबार भएको हो । सर्वाधिक कम सम्वृद्धि फाइनान्सको ३१२ रुपैयाँमा शेयर कारोबार भएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*