सानिमा जिआइसीको ब्रान्च मिट सम्पन्न

१३ श्रावण २०८०, शनिबार १२:१४

सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको वार्षिक प्रबन्धक भेला भव्यताका साथ सम्पन्न भएको छ ।

चितवनको सौराहा स्थित होटेल पार्क सफारीमा आयोजना भएको भेला कार्यक्रममा देशभरिका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । आज सम्पन्न उक्त भेलामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्याय, नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठ लगायत सबै बिभाग प्रमुखहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उपाध्यायले आगामी वर्षको योजना र कार्य गतिविधि बारे प्रकाश पार्दै कम्पनीको सहयोग र सद्भाव रहने प्रतिवद्वता जाहेर गरेका थिए ।कार्यक्रममा सहभागी शाखाप्रमुखहरुले आ९आफ्ना समस्या, चुनौती र कमि कमजोरी व्यवस्थापन समक्ष राख्दै सो को समाधानार्थ आग्रह गरेका छन भने सो को चाडै निवारण गर्ने बिश्वास दिलाएका छन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*