यस बर्ष उत्कृष्ट लाभांश घोषणा गर्न सक्ने पाँच वाणिज्य बैंक ( लाभांश इतिहास सहित)

२१ श्रावण २०८०, आईतवार १६:३६

काठमाडौं । हाल संचालनमा रहेका वाणिज्य बैंकहरुले गत आर्थिक बर्षको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । हाल संचालनमा रहेका वाणिज्य बैंकहरुमध्ये सात वाणिज्य बैंकहरुले मात्रै यस बर्ष १५ प्रतिशत माथि लाभांश बाड्न सक्ने तथ्यांकले देखाएको छ।

आर्थिक बर्ष २०७९/८० को वित्तिय स्वास्थ्यता हेर्दा असारमसान्तसम्ममा एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, स्टाण्डर्ड च्याटर बैंक, माछापुच्छे्र बैंक र सानिमा बैंकले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्ने देखिएको छ।

यस बर्ष सर्वाधिक एभरेष्ट बैंकले लगानीकर्तालाई उत्कृष्ट लाभांश घोषणा गर्ने देखिन्छ । एभरेष्ट बैंकले लगानीकर्तालाई गत अािर्थक बर्षको तुलनामा ४० दशमलव ५० प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ ।

पुँजिकोषको कारणले गर्दा लाभांश बाड्न नपाएको एनआईसी एशिया बैंक सर्वाधिक लाभांश घोषण गर्न सक्ने दोस्रो बैंकमा पर्दछ । बैंकले गत आर्थिक बर्षको तुलनामा ३१ दशमलव ९८ प्रतिशत लाभांश घोषणा गर्ने सामथ्र्य राख्दछ ।

त्यस्तै, स्टान्डर्ड च्याटर बैंकले २८ दशमलव ९९ प्रतिशत, सानिमा बैंकले १७ दशमलव ७३ प्रतिशत, माछापुच्छे्र बैंकले १५ दशमलव २९ प्रतिशत लाभांश आफना शेयरधनीलाई दिने सामथ्य राख्दछ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकको चुक्ता पुँजि १० अर्ब ६९ करोड रुपैयाँ रहेको छ । कम्पनीको वितरणयोग्य मुनाफा ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। कम्पनीको लाभांश दिन सक्ने अवस्था ४० प्रतिशत माथि रहेको छ।
लाभांश ईतिहास हेर्ने हो भने विगत पाँच बर्षदेखि कम्पनीले २० प्रतिशत माथि आफना लगानीकर्तालाई उचित प्रतिफल दिन सकिरहेको थिएन् ।

पाँच बर्षको इतिहास हेर्ने हो भने एभरेष्ट बैंकले यस बर्ष नै सर्वाधिक लाभांश दिने क्षमता राख्दछ ।

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकको चुक्ता पुँजि ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । कम्पनीको लाभांश वितरण क्षमता ३१ दशालव ९८ प्रतिशत रहेको छ।

दुई आर्थिक बर्षदेखि पुँजिकोष नपुगेको कारण लगानीकर्तालाई लाभांश वितरण गर्न नसकेको एनआईसी एशिया बैंकले यस बर्ष लाभांश वितरण गर्न पाउने आश आम लगानीकर्ताले गरेका छन् ।
राष्ट्र बैंकले हालसम्म सिसिआरसी सार्वजनिक गरेको छैन । सिसिआरसी नपुगेको खण्डमा पुन बैंकले लाभांश वितरण गर्न पाउने छैनन् । बैंकले विगत पाँच बर्षदेखि २७ प्रतिशत माथि लाभांश वितरण गर्न सकेको छैन ।

स्टान्डर्ड च्याटर बैंक

स्टान्डर्ड च्याटर बैंकको चुक्ता पुँजि ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७३ करोड रुपैयाँ रहेको छ। बैंकको लाभांश वितरण क्षमता २८ दशमलव ९३ प्रतिशत रहेको छ।
बैंकले पाँच बर्षदेखि २० प्रतिशत मुनि नै लाभांश घोषणा गरिहरहेको छ। यस बर्ष भने झण्डै ३० प्रतिशतको हाराहारीमा लाभांश दिने क्षमता राखेको छ।

सानिमा बैंक

सानिमा बैंकको चुक्ता पुँजि १२ अर्ब ४६ करोड रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २० करोड रुपैयाँ रहेको छ। बैंकको लाभांश वितरण क्षमता १७ दशमलव ७३ प्रतिशत रहेको छ ।
सानिमा बैंकले विगत पाँच बर्षदेखि १५ प्रतिशत मुनि नै लाभांश दिईरहेको छ। पाँच बर्षपछि कम्पनीले १५ प्रतिशत माथि लाभांश दिन लागेको देखिएको छ ।

माछापुच्छे्र बैंक

माछापुच्छे्र बैंकको चुक्ता पुँजि १० अर्ब २५ करोड रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। बैंकको लाभांश वितरण क्षमता १५ दशमलव २९ प्रतिशत रहेको छ।
विगत पाँच बर्षदेखि १५ प्रतिशत मुनि लाभांश दिईरहेको बैंकले यस माथि रहेर लाभांश दिने क्षमता राखेको तथ्यांकले देखाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*