शिखर इन्स्योरेन्स कम्पनीको खुद मुनाफा ४६ प्रतिशतले बढ्यो, सबै सूचकमा आकर्षक सुधार

३० श्रावण २०८०, मंगलवार ०६:२४

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीले ४० करोड ३१ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ५० लाख रुपैयाँ मुनापा अर्जान गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको मुनाफा ४६ दशमव ८४ प्रतिशतले बढेको हो ।

अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २५ प्रतिशतले वृद्धि भएको छ । यसअवधिसम्ममा कम्पनीले १ अर्ब ५९ करोड २० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनील १ अर्ब २७ करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले असारमसान्तसम्म्मा १ अर्ब ५ करोड ९० लाख खुद दाबी भुक्तानी गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँसिज २ अर्ब ६५ करोड रुपैयाँ, जगेडा कोषमा ५९ करोड ६९ लाख रुपैयाँ संचिती रहेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी १५ रुपैयाँ १९ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १८५ रुपैयाँ ८९ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*