आज सार्वजनिक बिदा, बैंक, बीमा कम्पनी र नेप्से र बन्द

काठमाडौं । सरकारले आज कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसेर रातभर जाग्राम बस्ने प्रचलन छ ।
पाटनको कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरे पनि यस वर्ष भने पूजा विधि मात्र गरिने भएको छ ।बैंक, बीमा भने सिमित मात्रामा खुल्ने भएको छ ।