कामना सेवा विकास बैंकका सिइओ दिनेश थकालीलाई नै कम्पनी सचिवको जिम्मेवारी

काठमाडौ । कामना सेवा विकास बैंकले सिइओ दिनेश थकालीलाई नै कम्पनी सचिवको जिम्मेवारी दिएको छ । यही भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले थकालीलाई कम्पनी सचिवमा पनि नियुक्ति गरेको हो ।
थकाल २०८० बैशाख १४ गते बैंकको सीइओमा नियुक्ति भएका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातक गरेका थकालीले लण्डन स्कूल अफ इकोनोमिक्स लण्डन, विश्व बैंक, एआईटी थाइल्याण्ड लगायतका संस्थाहरुबाट बैंकिङ तथा व्यवस्थापन सम्बन्धि अध्ययन गरेका छन् ।