सन नेपाल लाइफको विरगंज शाखाद्धारा बाल दिवसको उपलक्ष्यमो बिद्यार्थीलाइ टफी प्रदान

३० भाद्र २०८०, शनिबार १४:३६

काठमाडौं। । सन नेपाल लाइफको विरगंज शाखाले बाल दिवसको उपलक्ष्यमा सामादायिक बिद्यालयका बालबालिकाको सामुदायिक बिद्यालय प्रतिको आर्कषक बढाउनको लागि सो बिद्यार्थीलाइ टफी प्रदान गरि बिभिन्न पाठय सामाग्री बितरण गरेको छ ।

बिरगंज शाखाले शाखा प्रबन्धकको अगुवाइमा श्रीराम जानकी अधारभुत प्राथमीक बिद्याल बिरगंज २४ पर्सा को बिद्यालयका सम्पुर्ण बिद्यार्थीलाइ तिन थान कापी कलम पेन्सील कटर र इरेजर बितरण गरेको छ ।

सो पाठ्यसामाग्री बितरण कार्याक्रममा बिरगंज २४ को बडा अध्यक्षक श्री बिजय पटेल , बिद्यालयको सम्पुर्ण शिक्षक र अभिभावकहरु र शाखा कार्यालको शाखा प्रबन्धक श्रीराम प्रसाद उप शाखा प्रमुखहरु र शाखाको कर्मचारीहरुको उपस्थिती थियो । सो कार्यक्रमा सो बिद्यालयका बच्चाहरुलाइ बिद्यार्थीले गर्ने दैनिक कृयाकलाप र अनुशासनको बारेमा यस शाखाको शाखा प्रबन्धकले प्रस्ट पार्नु भएको थियो ।
सो बिद्यालयमा सम्पुर्ण बिद्यार्थीहरुलाइ बिभिन्न क्रियाकलाप गराइ कार्यक्रम सम्पन गरिएको थियो ।

सोहि दिन यस कम्पनीको बिरगंज शाखाले प्रसौनि गाउ पालीका संग अभिमुखी कार्यक्रम सम्पन गरेको छ ।

सो अभिमुखी कार्यक्रमा यस गाप का प्रमुख बिनोद जयसवाल , प्रमुख प्रशासकिय अधिकृत, इलाका प्रहरी कार्यालय प्रसौनीको प्रहरी प्रमुख र वडा का सम्पुर्ण वडा अध्यकक्ष तथा बिभिन्न गा पको कर्मचारी र बडा सदस्यहरुको उपस्थिती थियो । यस अभिमुखी कार्यक्रममा यस कम्पनीको रणनीती प्रमुख, लधु बिमाका प्रमुख , प्रदेश प्रमुख तथा कम्पनीको कर्मचारीहरु तथा मार्केटिङ्ग मेनेजरहरुको उपस्थिती रहेको थियो ।
सो कार्यक्रमलाइ यस बिरगंज शाखाको शाखा प्रबन्धक राम प्रसादले संचाल गर्नु सगै सबै अतिथीहरुरुले बीमाको बारेमा प्रस्ट पार्नु भएको थियो र आउने दिनमा यस गाउपालीको सबै बासीहरुलाइ बीमा दायरामा ल्याउनको लागि आवाश्यक सहयोग गर्ने प्रतिबद्धता यस गाप को प्रमुखले गरे ।

 

One thought on “सन नेपाल लाइफको विरगंज शाखाद्धारा बाल दिवसको उपलक्ष्यमो बिद्यार्थीलाइ टफी प्रदान

  1. श्रीराम प्रसाद says:

    thanks sir but photo rakhnu bhayen . heading milen ki’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*