युनिक नेपाल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

३१ भाद्र २०८०, आईतवार १०:३८

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

संस्थाले आफ्ना शेयरधनीलाई बोनस र नगद (कर प्रयोजनार्थ) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । संस्थाले प्रस्तावित गरेको लाभांश नेपाल राष्ट्र बैंक र संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्ताले पाउने छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*