बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

७ आश्विन २०८०, आईतवार १०:५५

काठमाडौं । आईतबार सुन प्रतितोला १०० रुपैयाँले बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा काराबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार १०० र सोही परिमाणमा तेजावी सुन १ लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*