ललितपुर वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० अजोज १० देखि सुरु

७ आश्विन २०८०, आईतवार १७:३१

काठमाडौं । “नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समुह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी व्राण्डहरुलाई आम उपभोक्ताहरुको वीचमा परिचित गराउने, उपभोक्ताहरुको वीचमा पु¥याउने र आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरुको रुची जगाउने उद्देश्यका साथ देशका प्रमुख सहरहरुमा विभिन्न खालका मेला महोत्सवहरु आयोजना गर्दै आईरहेको व्यहोरा यहा“हरुमा अवगत नै छ ।

यसै सिलसिलामा यही असोज १० गते देखि कार्तिक ३ गते सम्म वागमत्ति प्रदेश ललितपुर जिल्लाको प्रमुख सांस्कृतिक सहर ललितपुर महानगर पालिका अन्तरगत जाउलाखेल खेल मैदानमा बडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० आयोजना हुन गई रहेको व्यहोरा विभिन्न सञ्चार माध्यम मार्पmत आम उपभोक्ताहरुलाई जानकारी गराउने र प्रचार प्रसार गराउने उद्देश्यले यो भेटघाट कार्यक्रमको आयोजना गरिएको हो ।

नेपालको आर्थिक अवस्था यतिवेला सकारात्मक छैन । आर्थिक मन्दी र वैकहरुमा देखिएको आर्थिक तरलता तथा आर्थिक अभावका कारण देशका हरेक क्षेत्रहरु प्रभावित भएका छन् । आर्थिक प्रवाह गर्ने हरेक क्षेत्रहरु यति वेला प्राय निश्कृय छन् । आर्थिक गतिविधिहरु चलायमान हुन सकिरहेको छैन । कृषि, पर्यटन लगायत उत्पादन मुलक औद्योगिक क्षेत्रहरु चरम आर्थिक संकट व्यहोर्न वाध्य छन् ।

आर्थिक अभावका कारण कतिपय उद्योगहरु धमाधम वन्द हुदैछन् भने उद्योगी व्यावसायीहरुले आत्महत्याको निर्मम बाटो रोज्न थालेका छन् । यस्तो विषम परिस्थितिमा उद्योगी व्यावसायीहरुको मस्तिष्कलाई सकारात्मक बनाउदै देशको अर्थतन्त्रलाई गतिशिल र चलायमान बनाउनका निमित्त पनि केही न केही गतिविधिहरु निरन्तर गरि रहन आवश्यक हुन्छ । हामी यतिवेला यही अभियानमा लागिरहेका छौं ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*