कालोबजारी गरेको आरोपमा ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल
८ आश्विन २०८०, सोमबार १५:३८

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले कालोबजारी गरेको भन्दै कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाम सिल गरेको हो ।
चिनीको बोरामा लेबल स्पष्ट नभएपछि गुणस्तरमा शंका लागेर गोदाम सिलबन्द गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईले जानकारी दिएका छन् ।
कालोबजारीले चिनीको अभाव भइरहेको बेला ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल गरिएको हो । उक्त गोदामबाट चामल र दाल पनि बरामद गरिएको छ । विभागले गोदाम सिल गरी थप अनुसन्धान सुरु गरेको छ ।












