इन्द्रजात्रा अवधिभर यी स्थानका सडक अवरुद्ध रहने
९ आश्विन २०८०, मंगलवार १३:३३

काठमाडौं । इन्द्रजात्रा नजिकिएसँगै काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै इन्द्रजात्रा अवधिभर तोकिएको सडकमा सवारी साधन प्रवेश नगराउन तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी परम्परागत रुपमा यो पर्व मनाइन्छ । यस पर्वमा हनुमानढोका लगायतका क्षेत्रमा जीवितदेवीका रूपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ । रथयात्राको क्रममा ठूलो संख्यामा मानिसहरु उपस्थित हुने हुँदा रथयात्रा हुने स्थानका सडक अवरुद्ध रहने महानगरपालिकाले जनाएको छ ।













