नेप्सेको सुचिकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन आग्रह

१० आश्विन २०८०, बुधबार ११:०१

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सम्पूर्ण सुचिकृत कम्पनीहरुलाई असोज मसान्त भित्र नै नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सले धितोपत्र सूचीकरण विनियमावली बमोजिम आर्थिक वर्ष ०८०।८१ को धितोपत्रको बार्षिक नवीकरण शुल्क बुझाउ आग्रह गरेको हो ।

नेप्सेले असोज मसान्तसम्म नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्ने चेतावनी दिएको छ ।

५० करोडसम्म चुक्ता पुँजी भएका कम्पनीले वार्षिक ५० हजार र ५० करोड बढी पुँजी भएका कम्पनीले वार्षिक १ लाख शुल्क तिर्नु पर्ने नेप्सेले जनाएको छ ।

nepse 11

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*