दशैंका लागि अग्रिम टिकट खुल्नासाथ बसपार्कमा बिहानैदेखि भीड

२२ आश्विन २०८०, सोमबार ०९:५७

काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ खुलेसँगै काठमाडौंको नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ । अग्रिम टिकट खुलेको पहिलो दिन बिहानैदेखि नयाँ बसपार्कमा टिकट काट्नेको भीड लागेको हो ।

बिहानै सयौंको संख्यामा मानिसहरू बसपार्कमा अग्रिम टिकट लिने लाइनमा बसे । यातायात व्यवसायीले जतिसक्दो अनलाइन टिकट बुकिङ गर्ने भने पनि बसपार्कमा थामिनसक्नु भीड लागेको छ ।

यो पल्ट यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले गाडी भाडा नबढाएरै बुकिङ खुला गर्ने सहमति जनाएपछि आजदेखि लामो दूरीको अग्रिम टिकट बुक खुला भएको हो। काठमाडौंबाट पूर्व र पश्चिम जाने लामो दुरीका सवारी साधनका लागि दशैंअघि नै टिकट बुकिङ खुला गर्ने गरिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*