इजरायल अपडेट : कृषि फार्ममा काम गर्ने १० नेपालीको मृत्यु, अन्यको अवस्था कस्तो छ ?

काठमाडौं । प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलको कृषि फार्ममा काम गर्ने १० नेपालीको मृत्यु भएको छ । दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा कृषि क्षेत्रमा कार्यरत ति नेपालीको मृत्यु भएको हो ।
नेपाली मजदुरको मृत्युबारे परराष्ट्र मन्त्रालयले आधिकारिक रुपमा पुष्टि गरेको छैन । तर, इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले दिएको जानकारी अनुसार १० जना नेपालीको मृत्यु भएको छ ।
उनले यसको विवरण परराष्ट्र मन्त्रालयमा पठाइसकेको बताएकी छन् । दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा रहेका १७ नेपालीमध्ये १० को मृत्यु भएको हो । यसबाहेक ४ जना स्पतालमा उपचारत छन् । यस्तै, १ जना प्रहरीको सेल्टरमा छन् भने अर्को एक जना रोजगाररत कम्पनीको सेल्टरमा पुगेका छन् ।
१७ मध्ये बाँकी एक जना हालसम्म सम्पर्कविहीन रहेको दूतावासले जनाएको छ । परराष्ट्रमन्त्री एनपी साउदले आइतबार संसद् बैठकमा इजरायलमा भएको घटनालाई सरकारले गम्भीरताका साथ लिएको बताएका थिए । आइतबार नै प्रधानमन्त्रीको नेतृत्वमा बसेको बैठकले परराष्ट्रमन्त्रीको नेतृत्वमा इजरायल समस्या समन्वय संयन्त्रसमेत बनाएको छ ।
यसैबीच, इजरायलमा युद्धको चपेटमा परिरहेका नेपालीको उद्धार र सहजीकरणका लागि परराष्ट्र मन्त्रालले सम्पर्क व्यक्ति तोकेको छ । परराष्ट्र मन्त्रालयले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि प्रवक्ता सेवा लम्सालसहित ६ जनाको सम्पर्क नम्बरसहित सम्पर्क व्यक्ति तोकेको हो ।
परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई मन्त्रालयले सम्पर्क व्यक्ति तोकेको छ । यस्तै इजरायलस्थित तल अबिवमा रहेको नेपाली राजदूतावासमा रहेका राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क व्यक्ति तोकेको छ ।
कसको अवस्था कस्तो ?
नारायण प्रसाद नेउपाने (मृत्यु)
गणेशकुमार नेपाली (मृत्यु)
आशिष चौधरी (मृत्यु)
दिपेशराज विष्ट (मृत्यु)
आनन्द शाह (मृत्यु)
राजेश कुमार स्वारांकर (मृत्यु)
राजन फुलारा (मृत्यु)
पदम थापा (मृत्यु)
प्रवेश भण्डारी (मृत्यु)
लोकेन्द्र सिं हधामी (मृत्यु)
विधान सिजवाल (अस्पतालमा)
प्रविन डाँगी (अस्पतालमा)
धन बहादुर चौधरी (अस्पतालमा)
हिमाञ्चल कट्टेल (अस्पतालमा)
विपिन जोशी (सम्पर्कविहीन)
विरेन्द्र चौधरी (प्रहरी संरक्षणमा)
प्रमोद केसी (कार्यस्थलमा)












