ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
२२ आश्विन २०८०, सोमबार ११:३४

काठमाडौं । सोमबार सुनको मूल्य उच्च अंकले बढेको छ । आज सुन प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ७ हजार ६०० र तेजावी सुन प्रतितोला १ लाख ७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ३३० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भईरहेको छ ।












