व्यवसायी दुर्गा प्रसाईमाथि दलियो कालोमोसो
२२ आश्विन २०८०, सोमबार १६:१०

काठमाडौं । विवादमा आइरहने व्यवसायी दुर्गा प्रसाईलाई कालोमोसो दलिएको छ । उनलाई सोमाबार दिउँसो काठमाडौंको कान्तिपथस्थित येलो प्यागोडा होटल आगाडि मोसो दलिएको हो ।
उनलाई किन कालोमोसो दलियो भनेर खुलेको भने छैन् । उनले बैंकहरुलाई सुतखोर भन्दै सार्वजनिक रुपमा ऋण नतिर्ने धम्की दिदै आएका थिए । उनले आफैले कालो मोसो अभियान चलाएका थिए । आज उनैमाथि कालोमोसो दलिएको हो ।

स्रोत ः सामाजिक सञ्जाल












