मञ्जुश्री फाइनान्सको अध्यक्षमा अधिकारी नियुक्त

२३ आश्विन २०८०, मंगलवार ११:३५

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको अध्यक्षमा यादव अधिकारीलाई नियुक्त गरिएको छ ।

कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनी समूहका सञ्चालक अधिकारीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको सोही दिन बसेको बैठकले यसअघि अध्यक्ष रहेका इन्दिरा पण्डित ‘घिमिरे’ ले कार्यव्यस्तताको कारण देखाई दिएको राजीनामा स्वीकृत गरेको छ ।

1696853371262s

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*