भूमि आयोगका तीन कर्मचारी घुससहित पक्राउ, जग्गाको मोठ कायम गर्न ‘एक्स्ट्रा पैसा’

२३ आश्विन २०८०, मंगलवार ११:४१

काठमाडौं । राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी झापाको हल्दिबारीमा घुससहित पक्राउ परेका छन् । जुम्लाको सिजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका ४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका ८ का २३ वर्षीय कमल खनाल पक्राउ परेका हुन् ।

हल्दिबारी गाउँपालिकामा खटिएका राष्ट्रिय भूमि आयोगका ती कर्मचारीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । हल्दिबारी वडा –१ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार लिएपछि घटना सार्वजनिक भएको बाहिरिएको हो।

पौडेलले उनीहरुविरूद्ध जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गर्नासाथ उनीहरुलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । ती कर्मचारीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखेको झापा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*